नियम १५
अनुमतिपत्र दस्तुर
ः(१) नियम १३ बमोजिम धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीना भित्र अनुसूची –२ बमोजिमको वार्षिक अनुमतिपत्र दस्तुर बोर्डमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र वार्षिक अनुमति दस्तुर नबुझाउने धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गर्न पाउने छैन ।